कुमारी सुनौलो लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थप


कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।

चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको इकाईमा अब चैत २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

क्यापिटलले हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ।

क्यापिलले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

 योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।