सोमबार पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


सोमबार स्थानिय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

हिजो ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पुनः २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ८ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज १० रुपैयाँले घटेको छ । हिजो १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४.४ र चाँदी प्रतिऔंस २३.०६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।