शिखर इन्स्योरेन्सको बोनस सुचीकृत

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको १६ प्रतिशतले हुन आउने ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर आइतबार नेप्सेमा सुचीकृत भएको हो ।

शिखर माघ २५ गते सम्पन्न १७ औं र अठारौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोज मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

उक्त बोनस सेयर माघ १६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । साधारण सभाका लागि कम्पनीले माघ १७ गते बुकक्लोज गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।