सुनको भाउ तीन दिनमा १८ सय रुपैयाँले घट्यो


स्थानिय बजारमा छापावाला सुनको भाउ तीन दिनमा १८ सय रुपैयाँले घटेको छ ।

आइतबार ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज  १ हजार रुपैयाँले घटेर सुनको भाउ तोलाको १ लाख ८ हजार रुपैयाँका कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज ५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९५७.८ र चाँदी प्रतिऔंस २२.९६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।