शाओमी १३ लाइट सार्वजनिक, कति पर्छ मूल्य ?


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १३ लाइट सार्वजनिक गरेको छ ।

उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले शाओमीको लक्ष्य नवीनतम प्रविधिहरु उचित मूल्यमा थप पहुँचयोग्य बनाउनु भएको बताए ।

इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलह? सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ ।

32MP फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको 8MP फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ ।

शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ ।

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाईन गरिएको छ।

शाओमी १३ लाइट ब्लू र लाइट पिंक गरि यो लाइट दुई रंगमा हुनेछ । यसमा ८+१२८ जीबी र ८+२५६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

८+१२८ जीबीको मूल्य ५४ हजार ९९९ पर्ने छ भने र ८+२५६ जीबी भेरियन्टको मूल्य ५७ हजार ९९९ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।