नयाँ सारथी लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुधबार बुकक्लोज गर्दैछ । बुकक्लोजसँगै नेप्सेले मंगलबारको सेयरमूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

चुक्ता पुँजीको १९ प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ६२६ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । मंगलबार कम्पनीको सेयर अन्तिम पटक प्रतिकित्ता ७४६ रुपैयाँमा कारोबार भएको थियो ।

समायोजित सेयर मूल्यलाई आधार मानेर बुधबार लघुवित्त संस्थाको सेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।