सुनको भाउमा ५ सय रुपैयाँले वृद्धि


स्थानिय बजारमा छापावाला सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । तीन दिन लगातार घटेको सुन बुधबार भने बढेको हो । 

मंगलबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज १० रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६६.२७ र चाँदी प्रतिऔंस २३.२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।