शिखर इन्स्योरेन्सकाे बोनस वितरण

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस वितरण भएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस वितरण गरिएको हो ।

कम्पनीका अनुसार उक्त बोनस साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धीत सेयरधनीको सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ । माघ १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस जम्मा गरिएको कम्नीले जनाएको छ । सो मितिपछि सेयर अभौतिकीकरण गरेका सेयरधनीको बोनस सेयर क्रमशः जम्मा हुँदै जाने बताइएको छ ।

यस्तै हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीले अभौतिकीकरण गरी बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।