छिमेक लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरी चैत १० गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको आधारमा करसमेत ३.२६ प्रतिशत नगद लाभांश वितरण गरिएको हो ।

उक्त नगद लाभांश चैत १४ गतेदेखि बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धित सेयरधनीहको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा जम्मा गरिएको हो ।

कम्पनीले साधारण सभाबाट चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा २२ प्रतिशत बोनस सेयर र कर सहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको थियो ।

सभाबाट पारित बोनस भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि बोनस पाउन योग्य सम्बन्धित सेयरधनीहको हितग्राही खातामा जम्मा गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि बुकक्लोज गरेको छ । बुकक्लोजको आधारमा फागुन २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

साथै फागुन २३ गतेसम्म सेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा भने धितो राखेको सम्बन्धित संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र जम्मा गरिने सूचनामा उल्लेख छ ।

सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।