डलरको भाउ स्थिर, कुन देशको मुद्रालाई कति ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ । अमेरिकी डलर बिहीबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३८ पैसा र बिक्री दर १६३ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७२ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०२ पैसा र बिक्री दर ३५ रुपैयाँ १८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।