सुनको भाउमा ६ सय रुपैयाँले गिरावट, तोलाको कति पुग्यो ?


नेपाली बजारमा आइतबार सुनको भाउ ६ सय रुपैयाँले घट्दा चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ भने १४ सय रुपैयाँबाट बढेर १ हजार ४१० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६९.४६ र चाँदी प्रतिऔंस २४.१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।