कामना सेवा विकास बैंकले घटाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा १४.८३ बिन्दुले घटाएर लाभांश वितरणको प्रस्तव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ मा बैंकले चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।