सूर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा थप नयाँ निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । चैत १८ गते बसेको सञ्चालक समितिको २०४ औं बैठकले २०८० बैशाख ३० गते शनिबार धुलिखेल लज रिसोर्टको सभा हलमा सभा बोलाउने निर्णय गरेको हो ।

सभाले संस्थाको पुँजी संरचना परिवर्तन गरि संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण तर्फको सेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनको लागि फरक रकमलाई पुनः सर्वसाधारणमा एफपीओ सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नुका साथै चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले भविष्यमा अन्य लघुवित्त संस्था प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न\गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

यस्तै सभाले २०७८\०७९ को वार्षिक प्रतिवेदन, २०७९ आषाढ मसान्तको वासलात, २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।

लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनको लागि २०८० साल बैशाख १४ गतेदखि बैशाख ३० गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार बैशाख १३ गते बुधबारसम्म मात्र शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।