दुई दिनमा १२ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै


दुई दिनको अवधिमा सुनको भाउ १२ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि ६०० रुपैयाँले नै गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । छापावाला सुन हिजो १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेको छ । आइतबार १ हजार ४१० रुपैयाँ निर्धारण गरिएको चाँदी आज १ हजार ३९० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९५१.७४ र चाँदी प्रतिऔंस २३.६२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।