हिमालयन बैंकले बढायो दुर्घटना मृत्यु बीमाको रकम


हिमालयन बैंक लिमिटेडले नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको रकम बढाएको छ ।

बैंकले बीमाको रकम ५ लाख रुपैयाँबाट वृद्धि गरी १० लाख रुपैयाँसम्म पुर्‍याइएको जनाएको छ । 

नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

१० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ । यस लगायत बैंकको अन्य सेवाहरुका बारे www.himalayanbank.com बाट जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।