एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच एसआइपीमार्फत लगानी गर्ने सम्झौता


एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुप प्राइभेट लिमिटेडबीच एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना एसआइपीमार्फत लगानी गर्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्थवस्थापक गरिरहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुपबिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा लगानी गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा एसआइपी मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सिटिटेक ग्रुपका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७९ चैत्र २० गते हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।