एकै दिन २ हजार रुपैयाँले बढ्यो सुनको भाउ


छापावाला सुन एकै दिन २ हजार रुपैयाँले बढेको छ ।

हिजो १ हजार रुपैयाँले बढेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । छापावाला सुन हिजो १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी ४० रुपैयाँले बढेको छ । मंगलबार १ हजार ४०० रुपैयाँ निर्धारण गरिएको चाँदी आज १ हजार ४४० सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ०२३.३९ र चाँदी प्रतिऔंस २५.०५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।