नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी


नेपाली सेनाले ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

 सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा गरी ६२० जनाको माग गरेको हो ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार प्रकाशित गरिएको सुचनामा प्राडर प्राविधिक र हवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो ।

गोग्यता पुगेका नेपाली नागरिकले आजेदेखि बैशाख २४ गतेसम्म दरखास्त बुझाउनु पर्नेछ । दोब्बर दस्तुरमा भने बैशाख ३१ गतेसम्म दरखास्त दिन सक्ने छन् । निवेदन नेपाली सेनाको केन्द्रिय भर्ना छनोट केन्द्र, स्वयम्भूमा दिन सकिने छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।