एनआइसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा


एनआइसी एशिया बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको नाममा रहेको २४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

योग्य लगानीकर्ताले चैत २४ गतेदेखि चैत ३० गतेसम्म आवेदन दिन सक्ने छन् । गोप्य शिलबन्दी बोलपत्र आह्वानको फारम एनआइसी एसिया बैंक ववरमहल काठमाण्डौं वा बैंकले तोकिएका अन्य शाखाहरुबाट प्राप्त गर्न सकिने छ । सेयरको न्यूनतम मूल्य ७१० रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २४ हजार कित्ताका लागी आवेदा दिन सक्नेछन् ।
बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । उक्त सेयरको बिक्री प्रवन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।