नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विकास गरेको पे क्यूआरबाट भुक्तानी गर्दा अब ग्राहकहरुले छुट पाउने भएका छन् ।

ग्राहकहरुले नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

वभिन्न मर्चेन्टहरुमा स्टाटिक क्यूआर, डिपार्ट्मेन्ट स्टोरमा डायनामिक क्यूआर, इ–कमर्श पोर्टलमा क्यूआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् । नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजार भन्दा बढी नेपाल पे क्यूआरमर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

हाल नेपाल पे क्यूआरको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपाल पे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

अफरका सम्बन्धमा थप जानकारीका लागि ग्राहकले कनेक्ट आईपीएस डटकम मार्फत हेर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।