प्रभु र सेञ्चुरी क्यापिटल एक हुने, मर्जर र आईपीओ प्रस्ताव सहित डाके एसजीएम

0
Shares

प्रभु क्यापिटल लिमिटेड र सेञ्चुरी क्यापिटल लिमिटेड लिमिटेड एक हुने भएका छन् । माउ कम्पनीहरु (बैंक) को जर्मर पश्चात दुबै बैंकका सहायक कम्पनीहरु पनि एक हुने भएका हुन् ।

प्रभु क्यापिटलले सेञ्चुरी क्यपिटललाई १ः१ सेयर स्वाप रेसियो अनुपातमा प्राप्ती गर्ने भएको हो । दुई बैंकहरु पनि १ः१ को समान सेयर स्वाप रेसियोमा गाभिएका थिए ।

मर्जर र आईपीओ प्रस्ताव सहितका अन्य प्रस्ताव पारित गर्न दुबै क्यापिटलले वैशाख ९ गते शनिबार विशेष साधारण सभा (एसजीएम) आह्वान गरेका छन् । प्रभु क्यापिटलले काठमाण्डौको कमलादीस्थित रोयल सिंगी होटेलमा बिहान ९ बजे र सेञ्चुरी क्यापिटलले कमलादी स्थित केन्द्रीय कार्यालयमा एकै समयमा विशेष साधारण सभा आह्वान गरेका हुन् ।

विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल प्राप्ति प्रक्रिया स्वीकृत गर्ने, सेञ्चुरी क्यापिटल प्राप्तीपछि कायम हुने पुँजीका आधारमा सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आईपीओ जारी) गर्ने, सेञ्चुरी क्यापिटल प्राप्तिपछि प्रभु क्यापिटलको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु सभाले स्वीकृत गर्ने मुख्य एजेण्डा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।