राष्ट्र बैंकको निर्देशन प्रभावः सामुदायिक लघुवित्तको पनि घट्यो लाभांश

0
Shares

नेपाल राष्ट्र बैंकको लाभांश वितरणमा गरिएको कडाइको निर्देशनका कारणले सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश पनि प्रभावित बनेको छ ।

लघुवित्त सञ्चालक समितिको चैत २५ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेर घटाएको हो । संशोधित लाभांश अनुसार अब लघुवित्तका सेयरधनीले कुल १५ प्रतिशत मात्र लाभांश पाउनेछन् । यसअघि २१।०५२६३ प्रतिशत प्रस्ताव गरिएको थियो ।

संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० गरी कुल १५ प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्नेगरी लाभांश संशोधन गरेको हो ।

यसअघि चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

राष्ट्र बैंकले गत फागुन १० गत निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्दा १५ प्रतिशतभन्दा बढी लाभांशको ९५ प्रतिशतसम्म रकम विभिन्न कोषमा थप राख्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनका कारण धेरै लघुवित्तको लाभांश संशोधन मार्फत घटेको छ । सोही निर्देशनका कारण लघुवित्त कम्पनीहरुको लाभांश तीन पटकसम्म संशोधन भएको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।