बेष्ट फाइनान्सको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


बेष्ट फाइनान्स कम्पनी लिमिटेडले १ लाख ५५ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न ७ जना संस्थापकको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिने भएको छ । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने छ ।

संस्थापक सेयरधनीले आज चैत २७ गतेदेखि ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।