प्रभु बैंकले २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै, संस्थापक सेयरधनी प्राथमितामा


प्रभु बैंकले संस्थापक समूहको २५ लाख ७ हजार ४२९ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न चाहनेले आज चैत २८ देखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।