महुली लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

महुली लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले बुधबार बुकक्लोज तोकेसँगै कम्पनीको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मंगलबार कारोबार भएको अन्तिम मूल्य लाई आधार मानेर बोनस समायोजन गरिएको हो ।

मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ८३७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । समायोजनपछि लघुवित्तको भाउ ७३२ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

बुधबार लघुवित्तको सेयर समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।