कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड

0
Shares

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बुधबार बाँडफाँड भएको छ ।

कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौंमा चैत २९ गते बुधबार बिहान १०ः३० बजे आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी इकाई बाँडफाँड गरिएको हो । सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदन दिने कुल ३७ हजार ४३४ जनामध्ये रितपूर्वक आवेदन दिने ३७ हजार ४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको हो । दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भएको योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।

कुमारी सुनौलो लगानी योजनाको एक अर्ब रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बिक्रीका लागि धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड ५० लाख इकाई निष्कासन गरिएको थियो ।

क्यापिटलले चैत ९ देखि २३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको १५ प्रतिशत बिज पुँजी वापतको १ लाख ५० हजार इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।