कालिका लघुवित्तको लाभांश पारित

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार पोखरामा सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश पारित भएको छ ।

संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.२०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.२०७८।७९ को १९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पारित गरेको हो । उक्त बोनस पश्चात संस्थाको हालको चुक्ता पूँजी वृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७४० रुपैयाँ पुगेको छ ।

साधारण सभामा संस्थाको सञ्चालक समितिमा रिक्त रहेको संस्थापक समूहको सञ्चालकमा स्याङ्गजा वालिङ्ग निवासी संस्थापक सेयर सदस्य नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएको संस्थाका सीइओ केशव प्रधानले जानकारी दिए ।

साधारण सभाको सञ्ंचालन वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए । कालिका लघुवित्त कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्त हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।