बरिष्ठ उपाध्यक्षकाे ८०० मत गणना हुँदा रामचन्द्र संघईको अग्रता, पच्छाउँदै अन्जन श्रेष्ठ

बरिष्ठ उपाध्यक्षकाे ८०० मत गणना हुँदा रामचन्द्र संघईको अग्रता, पच्छाउँदै अन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको आधा मतगणना सम्पन्न भएको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ ।

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार ८०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ३१७ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले २५५ मत प्राप्त गरेका छन् । श्रेष्ठ संघइभन्दा ६२ मतले मात्र पछाडि छन् ।

तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले २१९ मत पाएका छन् भने हालसम्म २ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७९, बिहीबार ०९ : २७ बजे