बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धाः रामचन्द्र संघईसँग मतान्तर कम गर्दै अन्जन श्रेष्ठ

बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धाः रामचन्द्र संघईसँग मतान्तर कम गर्दै अन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

हाल वरिष्ठ उपाध्यक्ष तर्फको १ हजार २०० मतगणना सम्पन्न भएको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ । हालसम्मको मतपरिणाम अनुसार रामचन्द्र संघईको मतको अग्रता रहेको छ । उनको मतान्तरलाई अर्को प्रतिस्पर्धी अन्जन श्रेष्ठले घटाएका छन् । ९०० मतगणना हुँदा ७१ मतले अगाडि रहेका संघईले थप ३०० अर्थात १ हजार २०० मतगणना हुँदा मतान्तर ३६ घटेर ३५ ले मात्र अगाडि रहेका हुन् ।

बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ४५२ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै गरेका अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् । तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३१७ मत पाएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७९, बिहीबार ०९ : ५० बजे