विवाद उत्पन्न भएपछि बरिष्ठ उपाध्यक्षको मतगणना रोकियो


नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा एशोसिएट्सतर्फ भइरहेको मतगणना १२०० मत गणनापछि रोकिएको छ ।एशोसिएट्सतर्फको गणना अन्तिम चरणमा पुग्दै लाग्दा बिबादका कारण रोकिएको हो ।

सोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (१२०० गन्दा) अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन् । दोहोरो रोजा चिह्न लगाएको मतपत्र होल्ड गरेपछि अन्जन श्रेष्ठका प्रतिनिधिले बिरोध जनाएपछि मतगणना रोकिएको हो । जिल्ला–नगर र वस्तुगततर्फको गणना अझै सुरु हुन सकेको छैन ।

यसअघि डबल रोजा गरिएको मतपत्रलाई सदर गरिएको र अहिले सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएको हो । जिल्ला–नगर र वस्तुगततर्फको गणना भने अझै सुरु हुन सकेको छैन ।

बुधबार भएको एफएनसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।