बरिष्ठ उपाध्यक्षको १५०० मतगणना हुँदा संघई एक्लैले ल्याए ५७९ मत

बरिष्ठ उपाध्यक्षको १५०० मतगणना हुँदा संघई एक्लैले ल्याए ५७९ मत

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार १ हजार ५०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले एक्लैले ५७९ मत प्राप्त गरेका हुन् ।

यस्तै उनलाई पच्छाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ५०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ संघइभन्दा ७० मतले पछाडि छन् । तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३९६ मत पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७९, बिहीबार १० : ४१ बजे