तीन कम्पनीको साढे ३९ लाख कित्ता बोनस सेयर सुचीकृत

0
Shares

तीन कम्पनीको कुल ३९ लाख ४९ हजार २७१ दशमलव २३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ । नेप्सेका अनुसार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सुचीकृत भएको हो ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंकको चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता बोनस सेयर चैत ३० गते बिहीबार सुचीकृत भएको हो । बैंकको २०७९ पुस २९ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर अनुमोदन भएको थियो । बुकक्लोज अनुसार बैंकको बोनस सेयर पुस गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र पाउनेछन् ।

यस्तै युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको ८.९७ प्रतिशतले हुन आउने १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर पनि चैत ३० गते बिहीबार सुचीकृत भएको छ । कम्पनीको २०७९ माघ २६ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर अनुमोदन भएको थियो । बुकक्लोज अनुसार इन्स्योरेन्सको बोनस सेयर पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र पाउनेछन् ।

साथै पोखरा फाइनान्सको चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनस सेयर पनि चैत ३० गते बिहीबार सुचीकृत भएको छ । फाइनान्सको २०७९ पुस ३० गते सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर अनुमोदन भएको थियो । बुकक्लोज अनुसार फाइनान्सको बोनस सेयर पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र पाउनेछन् ।

सुचीकृत भएको तीनवटै कम्पनीको बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको आधारमा पाउन योग्य रहेका सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।