सिटी होटलको आईपीओ १९ हजार ९०० बढीले भरे, ३.४३ गुणा माग

0
Shares

सिटी होटल लिमिटेडको आईपीओमा अन्तिम दिन मंगलबारसम्ममा १९ हजार ९०३ जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट आवेदन परेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बैशाख ५ गते साँझ साढे ५ बजेसम्ममा मागको तुलनामा ३.४३ गुणा बढी आवेदन परेको छ । चैत २१ गते मंगलबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा लागि १ करोड ६७ लाख ४० हजार रुपैयाँको आईपीओ जारी गरेकोमा ५ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको माग परेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार १९ हजार ९०३ वटा आवेदन मार्फत ५ करोड ७४ लाख १५० कित्ताको माग परेको हो । आईपीओमा चैत २१ गते मंगलबारदेखि जारी भएको उक्त आईपीओमा २०८० साल बैशाख ५ गते मंगलबारसम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले आफ्नो जारीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको हो ।

कुल सेयरमध्ये ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।