सांग्रिला बैंक र गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले केशव बोहराको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले आज चैत ११ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौंमा आवेदन दिन सक्ने छन् । आवेदनमा के कती कित्ता सेयर खरिद गर्ने हो त्यसको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ । संस्थापक शेयरधनीबाट निवेदन नआएमा अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरेने बैंकले जनाएके छ ।

यस्तै गोर्खाज फाइनान्सले पनि आफ्नो स्वामित्वमा रहेको १३ हजार ५६५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अम्बिका मोहन जोशीको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।उक्त सेयर खरिदगर्न इच्छुक संस्थापक सेयरधनीहरुले आज चैत ११ गतेदेखि ३५ दिन भित्र गोर्खाज फाइनान्स लिमिटेड चारखालरोड डिल्लीबजारमा सम्पर्क गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।