नियामकको अब्यवहारिक औजारका कारण लगानीकर्ताले १७ खर्ब गुमाएः सांसद ढकाल

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियामक निकाय नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण लगानीकर्ताको १७ खर्ब सम्पत्ति गुमेको बताएका छन् ।

आजको संसद बैठकमा बोल्दै ढकालले ५६ लाख लगानीकर्ताले लगानी गरेको नेपालको पुँजी बजार विगत २० महिनादेखि निरन्तर घटेर करिब १७ खर्ब आफ्नो सम्पत्ति गुमाइसकेका बताए ।

राष्ट्र बैंकले लिएको गलत वा अब्यवहारिक औजारका कारण २० महिना अगाडि नेपालको पुँजी बजारले मासिक ३.२५ अर्ब राजश्व योगदान गर्ने गरेकोमा अहिले मासिक ५ करोड रुपैयाँमा झरेको उनको भनाई छ । शुन्य समयमा बोल्दै उनले यस विषयमा अर्थमन्त्री प्रकाश शरण महतको समेत ध्यानाकर्षण गराएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।