उर्जा र औषधीजन्य उद्योगमा लगानी गर्न जर्मनी इच्छुक

0
Shares

जर्मनी स्वच्छ उर्जा, प्रसारण लाइन बनाउन र औषधीजन्य उद्योगमा लगानी गर्न इच्छुक देखिएको छ ।

शुक्रबार अर्थ मन्त्री डा. प्रकाश शरण महतसँगको भेटवार्तामा जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताएका छन् । यस्तै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराए ।

जर्मनीका राजदूतबीच भेटवार्तामा अर्थमन्त्री डा. महतले जर्मनीबाट नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।