राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, सेयर कारोबार पनि रोकियो

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको सम्पन्न सञ्चालक समितिको बैठकले सो लाभांश मुनाफाबाट कायम निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

लाभांश सम्बन्धी संवेदनशील सूचना ढिला गरी सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्र उत्थानको सेयर कारोबार रोक्का गर्दै ३ दिने स्पष्टिकरण सोधेको छ । लघुवित्तले बैशाख १३ गते १३ गते बेलुकी ६ बजे नै लाभांश प्रस्ताव गरेकोमा ६ दिनपछि सोमबार मात्रै कारोबार समय (बिहान ११ः४८ बजे) नेप्सेमा जानकारी दिएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

विनियममा भएको व्यवस्था पालना नगरेपछि नेप्सेले के कति कारणले लाभांश सम्बन्धी सूचना समयमा नै जानकारी दिन नसकेको हो ? पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्टिकरण बुझाउन लघुवित्तलाई निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।