राष्ट्र उत्थानको सेयर कारोबार फुकुवा

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गल्ती आगामी दिनमा यस्तो गल्ती नदोहोराउन सचेत गराउँदै लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो ।

यससँगै आइतबारदेखि लगानीकर्ताले लघुवित्तको सेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । लघुवित्त सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले लाभांश वितरण सम्बन्धी गरेको निणर्य गरेपनि बैशाख १९ गते (बिहान ११ः४८ बजे) मात्रै नेप्से मार्फत सार्वजनिक जानकारी गराएको थियो ।

सेयर मूल्यमा प्रभाव पार्ने विषयको सूचना ढिला उपलब्ध गराएपछि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सेयर कारोबार रोक्का गर्दै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।

सूचना प्रवाह सम्बन्धी गलत बुझाईका कारण समयमा जानकारी गराउन नसकिएको जानकारी लघुवित्तले नेप्सेमा पेश गरेको थियो । लघुवित्तले गल्ती नदोहोराउने प्रतिबद्धतापछि नेप्सेले लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो ।

लघुवित्त सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी २६ करोड रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।