आइतबार १९ अंकले घट्यो सेयर बजार, कारोबार ६० करोडमा सीमित

0
Shares

साताको पहिलो कारोबार दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबारको दोहोरो अंकको वृद्धि भएपछि बजार केही सुधार हुने लक्षण देखिएको भएपनि आइतबार पुनः सोभन्दा बढी अंकले बजार सूचक घटेको हो ।

नेप्से १९.१२ अंकले घटेर १८५० दशमलव ६१ बिन्दुमा झरेको छ । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । नलविद्युत सर्वाधिक २.०४ प्रतिशतले घटेकोबजारमा विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम्, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनीको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम समेत १२ करोड ४६ लाख रुपैयाँले घटेर ६० करोडमा खुम्चिएको छ । आइतबार २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर २३ हजार ५१ वटा संख्यामा खरिद बिक्री भएको हो । कारोबार ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँ बराबरको भएको छ । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । कम्पनीको ८० हजार ४६५ कित्ता सेयर ३ करोड २२ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आजैदेखि कारोबारमा आएको मकर जितुमाया सुरी हाइड्रोपावरको १ करोड ८९ लाख ७६ हजार र नबिल बैंकको १ करोड ६८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको १ करोड ५४ लाख ७० हजार रुपैयाँ र ङादी ग्रुप पावरको १ करोड ५३ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आइतबारको बजारमा आत्मनिर्भर लघुवित्तको सबैभन्दा धेरै ८.२२ प्रतिशतले बढेर ५४२ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै इष्टर्न हाइड्रोपावरको ७.६१ प्रतिशत, सनराइज ब्लूचिप फन्डको ५.८७ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ३.७८ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.४८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आजको बजारबाट एनएमबि डिबेञ्चर २०८७।८८ को मूल्य ८.८३ प्रतिशतले घटेर ७६१ रुपैयाँमा झरेको छ । यस्तै मकर जितुमायाको ८.३१ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ५.८२ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ५.७५ प्रतिशत र श्वेतगंगा हाइड्रोपावरको ५.७१ प्रतिशतले घटेको छ ।
आइतबारको बजारपछि कुल बजार पुँजीकरण २६ खर्ब ९६ अर्ब ८० करोड ४५ लाख ६८ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।