बिहीबार सुन किन्नेले तोलाको १ लाख ११ हजार ६ सय खर्चिनुपर्ने


बिहीबार सुन किन्नेले तोलाको १ लाख ११ हजार ६ सय खर्चिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो रेकर्ड मूल्य भन्दा २ सय रुपैयाँले कम हो ।

सुनको भाउ बुधबार पनि सोही भाउमा खरिद बिक्री भएको थियो । यस्तै बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ । तेजावी सुन बुधबार पनि सोही भाउमा कायम थियो ।

यता बिहीबार चाँदीको भाउमा भने १५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबारदेखि स्थिर रहेको चाँदीको भाउमा आज भने गिरावट आएको हो । आज चाँदी १ हजार ४३० रुपैयाँ निर्धारण गरिएको छ । गत बिहीबारदेखि चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ३० दशमलव ७४ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ३१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।