चार दिन पछि सुनको भाउमा गिरावट, आजको भाउ कति ?


नेपाली बजारमा छापावाला सुनको भाउमा चारदिन पछि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँ तोकिएको छ ।

सुनको भाउ बिहीबार तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको थियो । सुनको भाउमा आज ८ सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै बिहीबार प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको तेजाबी सुन आज १ लाख १० हजार २५० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा तेजाबी सुनको भाउ ८ सय रुपैयाँले कम हो ।

यता बिहीबार चाँदीको भाउमा आज ५५ रुपैयाँले गिरावट आएको छ । चाँदीको भाउ हिजो पनि १५ रुपैयाँले गिरावट आएको थियो । आज चाँदी १ हजार ४७५ रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ११ दशमलव ३९ पैसामा कारोबार भइरहेको छ भने चाँदी २४ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।