मोदी इनर्जीको आईपीओ बाँडफाँड, ४५ प्रतिशत आवेदकले हात पारे सेयर

0
Shares

मोदी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बैशाख ३१ गते आइतबार बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । आईपीओमा कुल आवेदक १२ लाख ३६ हजार २६९ मध्ये ४५.४० प्रतिशत अर्थात ५ लाख ६१ हजार २२६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धकले जनाएको छ । आईपीओमा आवेदन परेको ६ हजार ५२८ वटा आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा १२ लाख २९ हजार ७४१ व्टा आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा छुट्टाएको ५५ लाख ५९ हजार ४२० कित्ता र कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँड नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेकोमा २.२ गुणा अर्थात १ करोड ३५ लाख ४ हजार ३० कित्ताको माग परेको थियो । जसमध्ये १ लाख २ हजार ९५० कित्ताको माग रद्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो । कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर जारी गरेकोमा २० लाख ९५ हजार ६१० कित्ता सेयर अवितरित भएपछि सो सेयर पनि सर्वसाधारणमा जारी गर्न छुछाएको ४३ लाख ५० हजार कित्तामा थप गरेर कुल ६४ लाख ४५ हजार ६१० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।

यसरी सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । यस्तै २ प्रतिशतले हुन आउने १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएकोमा ५२ हजार ८४० कित्ता सेयर अवितरित भएपछि सो सेयर समेत थपेर कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर शुक्रबार बाँडफाँड गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।