कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आईपीओ बिक्री अनुमति

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले जेठ २ गते मंगलबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीको चुक्ता पुँजीको २० प्रतिशत बराबरले हुन आउन प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री अनुमति पाएको हो । यससँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र सेयर जारी गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल संस्थापकहरुबाट जारी पुँजीको ८० प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ पुँजी चुक्ता भैसकेको छ । २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।