चार कम्पनीको पौने २५ करोड मूल्यको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार चार कम्पनीको २४ करोड ७१ लाख ६२ हजार १९२ रुपैयाँ मूल्यको २४ लाख ७१ हजार ६२१ दशमलव ९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनीटिी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १३ लाख २६ हजार ६१४ दशमलव ३६ कित्ता बोनस सेयर, लक्ष्मी माइक्रोफाइनान्सको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनीटी लघुवित्तको २० प्रतिशतले हुन आउने ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता र सबैको लघुवित्तको चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको चारवटै कम्पनीको उक्त बोनस सेयर सम्बन्धित कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कामय सेयरधनीहरुले मात्र पाउनेछन् । नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही (डिम्याट ) खातामा जम्मा भएपछि धिताेपत्रकाे दाेस्राे बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

बुकक्लोज अनुसार एनएलजी इन्स्योरेन्सको बोनस सेयर २०७९ चैत १ गते बुधबारसम्म, लक्ष्मी लघुवित्तको फागनु १६ गते मंगलबारसम्म, इन्फिनीटिी लघुवित्तको फागुन १ गते सोमबारसम्म र सबैको लघुवित्तको फागुन ११ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

एनएलजी इन्स्योरेन्सको चैत २० गते सम्पन्न १७ औं वार्षिक साधारण सभा, लक्ष्मी लघुवित्तको फागुन २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभा, इन्फिनीटिी लघुवित्तको फागुन १९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभा र सबैको लघुवित्तको फागुन २६ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले उक्त बोनस सेयर अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।