धितोपत्र बोर्डमा ३२ अर्ब मूल्यको बोनस सेयर दर्ता

0
Shares

चालु आर्थिक वर्ष २०७९।८० को दश महिनामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ३१ अर्ब ९२ करोड ७२ लाख ७४ हजार ३७० रुपैयाँ बराबरको ३२ करोड ३० लाख ६४ हजार ९२३ दशमलव ४०७५ कित्ता बोनस सेयर सूचीकृत (दर्ता) भएको हो ।

बोर्डका अनुसार २०७९ साउनदेखि २०८० बैशाख मसान्तसम्म विभिन्न ८९ कम्पनीले वितरण गरेको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएका हुन् । सोल्टी होटलले जारी गरेको बोनस सेयरको अंकित मूल्य दश रुपैयाँ अंकित दरमा रहेको छ । बाँकी सबै कम्पनीको बोनस अंकित मूल्य एक सय रुपैयाँ दरमा रहेको छ ।

गत आर्थिक वर्ष २०७८।७९ मा १४५ कम्पनीका ६१ अर्ब ७९ करोड ४३ हजार १३१ रुपैयाँ मूल्यको ६१ करोड ७९ लाख ४३१ दशमलव ३१ कित्ता बोनस सूचीकृत भएको थियो ।

चालु आवको दश महिनामा बोर्डमा सूचीकृत भएको बोनस सेयरको औसत हिसाब गर्ने हो भने प्रतिमहिना ३ अर्ब १९ करोड २७ लाख रुपैयाँ मूल्यको बोनस सेयर सूचीकृत भएको देखिएको छ । गत आवमा प्रतिमहिना औसत ५ अर्ब १४ करोड ९५ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको थियो ।

कोभिड–१९ का कारण बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जा असुलीमा असर पुगेकाले कर्जा नोक्सानी व्यवस्था बापत ठूलो रकम व्यवस्थापन रकममा खर्च गरे । यसले सेयरधनीले पाउने बाेनस सेयर  पनि घट्याे  । सूचीकृत कम्पनीहरुले वितरण गर्दै आएको बोनस घटेसँगै बोर्डमा दर्ता बोनस सेयर पनि घटेको हो ।

चालु आवको ९ महिनामा बोर्डमा दर्ता गरेको सूचीकृत कम्पनी र बोनस यस्तो छः

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।