नेप्से परिसूचक उकालो यात्रामा, आइतबार ६ अंकले बढ्यो

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झण्डै ६ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.८८ अङ्कले उकालो लागेर १८८३.२० मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अङ्कले उकालो लागेर ३५८.३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहमा गिरावट आउँदा ९ उपसमूहमा भने वृद्धि भएको छ ।

कूल ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४८० बराबरको सेयर कारोबार भयो ।

यस्तै राष्ट्रिय बीमा कम्पनी ५ करोड २८ लाख ९९ हजार ७५३ रुपैयाँ, तारागाउँ रिजेन्सी होटल ४ करोड १ लाख ३३ हजार ५३१, नागरिक लगानी कोष ३ करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी ३ करोड ६४ लाख ९० हजार ५६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड ७.८०, पोखरा फाइनान्स ६.१६ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ५.५७ प्रतिशतले कमाएका छन् ।

यसैगरी आर्दश लघुवित्त ६.५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ के इकाईमूल्य ५.१८, मन्दाकिनी हाइड्रोपावर ४, राप्ती हाइड्रोपावर ३.९५ र एनबिबिएल डिवेञ्चरका लगानीकर्ताले ३.९४ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।