आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

0
Shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठको नियुक्तिका लागि कम्पनीको सञ्चालक समितिको गत बैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ गते श्रेष्ठको स्वीकृति प्रदान गरेको हो ।

सीईओ नियुक्ती प्राधिकरणबाट स्वीकृति भएसँगै कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गराएको नायव प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत शरण रेग्मीले जानकारी दिए ।

उक्त कार्यक्रममा कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।