पिपुल्स पावर नोक्सानीमा

0
Shares

पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ लाख ४८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

गत आवको तेस्रो त्रैमासमा ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको पिपुल्स पावरको वित्तीय प्रदर्शन चालु आवको सोही अवधिमा खराब देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७७ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १ करोड ४० लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १ करोड ९० लाख ४८ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा जगेडा कोष १ करोड ४३ लाख ९९ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७३ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५५ लाख ८७ हजार रुपैयाँबाट ९३ प्रतिशत बढेर १ करोड ८लाख १५ हजार पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।