चार करोड ३२ लाख कित्ता सेयर नेप्सेमा सुचीकृत

0
Shares

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ वटा कम्पनीको कुल ४ करोड ३२ लाख ७६ हजार ६४० दशमलव ७४ कित्ता सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार यस साता एचआईडिसीएल, प्रभु इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सपोर्ट लघुवित्तको गरी पाँच कम्पनीहरुको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै यसै साता साबिक आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एक बराबर एक अनुपातको सेयर स्वाप रेसियोमा सफल मर्जर पश्चात आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा दुई कम्पनी मर्जर पश्चात कायम हुन आएको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यो साता एचआईडिसीएको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३८ हजार १३३ दशमलव ७५ कित्ता बोनस सुचीकृत भएको छ । यस्तै प्रभु इन्स्योरेन्सको चुक्ता पुँजीको ६.७० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता, स्वरोजगार लघुवित्तको चुक्ता पुँजीको २२ प्रतिशतले हुन आउने ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता, मिथिला लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २ लाख ५५ हजार ६५५ दशमलव ७७ कित्ता र सपोर्ट लघुवित्तको चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने ९४ हजार ३८० कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

यस्तै यसै साता मर्जर पश्चात आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ करोड २ लाख ९३ हजार ३४६ दशमलव ३९ कित्ता सेयर पनि सुचीकृत भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।