आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आजदेखि सेयर कारोबार खुल्यो

0
Shares

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर आज (जेठ २१ गते) आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ ।

‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ को सेयर कारोबारका लागि ‘आइजीआई’ सिम्बोल दिएको छ । यस्तै नेप्सेले दुबै कम्पनीको सेयरमूल्य समायोजन पश्चात प्रतिकित्ता ३७० रुपैयाँ ८२ पैसा कारोबार रेञ्ज दिएको छ ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता सेयर सुचीकृत भएको थियो । कम्पनीको सेयर जेठ १८ गते बिहीबार सूचीकृत भएको थियो । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार हुने व्यवस्था रहेको छ ।

साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार सुरू भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सेयर सूचीकृत भएको हो ।

साबिक आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ अनुपातको समान सेयर स्वाप रेसियोमा मर्जर सम्पन्न भई ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ को नामबाट २०८० बैशाख २७ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।